News

महानिरीक्षकको निर्णय विरुद्धको रीट अाज सुनुवाई भएन

महानिरीक्षकको निर्णय विरुद्धको रीट अाज सुनुवाई भएन
फागुन–८ । सरकारले डीआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय विरुद्ध परेको रीटमाथि सर्वोच्च अदालतमा आईतबार सुनुवाई हुन सकेन । प्रतिवादी चन्दको नाममा म्याद तामेली नै नभएको पाइएपछि न्यायाधीशद्वय हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासमा तोकिएको पेशी सुनुवाइ मंगलबारको लागि सारिएको हो । कपिलदेव ढकालले दायर गरेको रिटमा सर्वोच्चले चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । साथै चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय र कार्यमूल्यांकन प्रतिवेदन तीन दिनभित्र बुझाउन सर्वोच्चले आदेश दिएको थियो ।

महानिरीक्षक रीट सुनुवाई सरकार सर्वोच्च अदालत

विशेष