News

सप्तरीमा माईक्रो बस दुर्घटना, १६ जना घाइते

सप्तरीमा माईक्रो बस दुर्घटना, १६ जना घाइते
फागुन ९ । सप्तरीको जण्डोल ९ मा आज बिहान ३ बजे बा ३ ख ८२८७ नम्बरको माईक्रो बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइते मध्ये माईक्रोमा सवार सुनसरी सोनापुर २ की ३२ वर्षिया मधुदेवी साहको अवस्था गम्भीर रहेकोले उपचारको लागि न्युरो अस्पताल विराटनगर पठाईएको छ । सामान्य घाइते भएका अन्य १५ जनाको भने स्थानीय अस्पतालमा उपचार भईरहेको छ । दुर्घटना पश्चात् फरार रहेका माईक्रो चालकको खोजी भईरहेको स्थानीय प्रहरीले जनाएको छ ।

Accident

विशेष