News स्वास्थ्य

काठमाडौंको यस्तो अस्पताल, जहाँ कुकुर र बिरालोको बन्ध्याकरण गरिन्छ (भिडियोसहित)

काठमाडौंको यस्तो अस्पताल, जहाँ कुकुर र बिरालोको बन्ध्याकरण गरिन्छ (भिडियोसहित)

फागुन ९ ।  काठमाडौंमा कुकुरप्रेमीहरुको सङ्ख्या धेरै छ । धेरै मानिसहरुले आफ्नो घरमा विभिन्न जातका कुकुरहरु पालेका देखिन्छ । सडक–सडकमा कुकर डो¥याएर हिड्ने मानिसको सङ्ख्यावृद्धी भएको छ । कुकुरप्रतिको यस्तो प्रेम देख्दा काठमाडौंबासीको कुकुरक्रेज स्पस्ट झल्किन्छ ।

कुकुर र मानिसको समबन्ध परापुर्वकालदेखि नै छ । समाजशास्त्रीय दृष्टीकोणले ले मानिस र कुकुरलाई एकअर्काको परिपुरकको रुपमा ब्याख्या गरेको छ । मानिसजस्तै जनावरहरु पनि बिरामी हुन्छन् । उनीहरुलाई पनि समयसमयमा विभिन्न भ्याक्सिन र भिटामिनको आवश्यकता पर्न सक्छ । यो कुरा धेरै कुकुरप्रेमीहरुले पालना गरेका हुदैनन् । फलस्वरुप ककुरहरु बिरामी परेर मर्न पुग्छन् ।

कतिपय कुकुरपे्रमीहरुले समयमै उपचार गराइरहेका हुदैनन् । जसको कारण जनावरहरु अकालमै मर्न पुग्छन् । धेरैलाई थाहा नहुन सक्छ जनावर कहाँ लगेर उपचार गर्ने ? कतिपयले केनल क्लब तथा भेटेनरीमा लगेर हजारौ खर्च गर्दा सम्म जनावरको विराम ठिक भएको हुदैन । कतिपय जनावरको उपचार र रोगको उचित परामर्श नपाएर हैरान हुन्छन् ।

तर, अत्यन्त सस्तो र गुणस्तरिय उपचारको लागि काठमाडौंबासीले जनावर बोकेर टाढा जानु पर्दैन । काठमाडौंको त्रिपुरेश्वरमा जनावरहरुको उपचार गर्ने अत्यन्तै पुरानो चिकित्सालय छ । जहाँ हरेक किसिमको घरपालुवा जनावरको उपचार हुन्छ ।


त्रिपुरेश्वरस्थित पशु स्वास्थ्य चिकित्सालयमा विभिन्न जनावर उपचार गराउनेहरुको भीड दिनहुजसो हुन्छ । बिहान १० बजेदेखि अन्य जनावरभन्दा धेरैको संख्यामा कुकुरहरु उपचारको लागि लिएर आउछन् । अस्पतालको कार्यलय प्रमुख राम कुमार मण्डल उपचार गराउन कुकुरमात्र होइन कहिलेकाही हात्ति घोडा र भैसी पनि ल्याउने गरेको बताउछन् ।

यो चिकित्सालय सन् १९७९ मा स्थापना भएको हो । विगत लामो समयदेखि पशुमा लाग्ने र पशुबाट सर्ने रोगको रोकथाम र उपचार चिकित्सालयले गर्दै आएको छ । अन्य जनावरको तुलनामा कुकुर र बिरालोहरु उपचार गर्न ल्याउनेको संख्या बढी छ ।

पशु चिकित्सालय कार्यलय प्रमुख मण्डल बरिष्ठ पशुरोग विशेषज्ञ पनि हुन् । उनी भन्छन् –‘अहिले यहाँ सबैभन्दा बढी कुकुर र बिरालोको बन्ध्याकरण गर्न आउछन् । त्यसैगरि खोप र भ्याक्सिन लगाउन धेरैले कुकुर बिरालो लिएर आउछन् । उनले भने –‘ सबै किसिमको जनावरहरुको उपचार खोप, फ्याक्चर, अपरेशन, पोस्टमार्टन र ल्याब टेस्टको काम, अत्यन्तै सस्तो मुल्यमा उपचार हुन्छ ।’

पशु चिकित्सालयले विभिन्न भाईरल रोग फैलिएर मरेका जनावरहरुको पोस्टमार्टम गरि रोग पहिचान गर्ने काम गर्छ । पहिचानपछि त्यसको उपचार र रोकथाममा केन्द्रिय पशु चिकित्सालय अगाडी छ । त्यस्तो अवस्थामा चिकित्सालयको डाक्टरहरु गएर समेत उपचार गरिरहेका छन् ।

चिकित्सालयमा २२ जना कर्मचारी छन् । २२ मध्ये ५ जना विशेषज्ञ पशुचिकित्सक छन् । ‘हामी यति चिकित्सकहरुले अहिलेसम्म आएका सबै उपचारहरु गर्न सकेका छौ । अन्त नहुने उपचार यहाँ हुन्छ । तर, यहाँ नहुने उपचार अन्त हुन गाहे छ ।’ मण्डलले भने –‘अन्य अस्पतालको तुलनामा उपचार शुल्क पनि यहँ धेरै सस्तो छ । यहाँ २ सय लाग्ने उपचार अन्त २ हजार देखि ५ हजारसम्म लिएको भेटेका छौ ।’

कार्यलय प्रमुख मण्डलका अनुसार पशु चिकित्सालयमा उपत्यका बाहिर, पोखरा , विराटनगरर धरानबाट पशु उपचार गर्न लिएर आउछन् । अन्यभन्दा सस्तो र गुणस्तरिय उपचार हुने भएकाले पशु चिकित्सालय सबैको रोजाई बनेको छ ।

चिकित्सालयले एम्बुलेन्स र अन्य प्राविधिक साधन थप्ने तयारी गरिरहेको बताउँछन मण्डल । अस्पतालको ५ तले निमार्णधिन भवण आगामी २ वर्षमा बनिसक्नेछ ।

-सागर बुढाथोकी

pashu aspatal Republica

विशेष