News

भोलिदेखि संशोधन प्रक्रिया अगाडि बढाउने मन्त्रिपरिषदको निर्णय

भोलिदेखि संशोधन प्रक्रिया अगाडि बढाउने मन्त्रिपरिषदको निर्णय
फागुन – ९ । सरकारले संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले संसदमा टेबुल गरिएको संविधान संशोधनको प्रस्तावलाई भोलि (मंगलबार)देखि अगाडि बढाउने निर्णय गरे हो । यस्तै बैठकले स्थानीय तह पूनर्संरचना आयोगले सरकारलाई बुझाएको प्रतिवेदनलाई एक हप्ताभित्र टुङ्गाउने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए । मन्त्री हितराज पाण्डेको संयोजकत्वमा रहेको कार्यदलले पेश गरेको सुझाव मनासिव रहेको ठहर गर्दै एक हप्ताभित्र विज्ञहरु समेतको राय लिएर पूनर्संरचना प्रतिवेदन टुङ्गाउने निर्णय गरेको हो । बैठकले मधेशी, थारु, आदिबासी, महिलाहरुका माग सम्बोधन गर्न संघीय आयोगलाई थप सक्रिय पार्ने निर्णय पनि गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

विशेष