News

खानेपानी विवादमा खुकुरी प्रहार, एकको मृत्यु

खानेपानी विवादमा खुकुरी प्रहार, एकको मृत्यु
फागुन - ९ । खानेपानीको बिषयलाई लिएर भएको विवादमा खुकुरी प्रहारबाट यहाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डडेल्धुरा कोटेली गाविस–१ न्वाघरका ३७ वर्षीय शेरबहादुर साउद रहेका छन् । खानेपानीको विषयलाई लिएर भएको सामान्य विवादले चर्को रुप लिएपछि सोही ठाउँका २४ वर्षीय भीमबहादुर भुलले खुकुरी प्रहार गर्दा साउदको आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका शेरबहादुरको उपचारका लागि उपक्षेत्रीय अस्पताल, डडेल्धुरामा ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो । खुकुरी प्रहार गर्ने भीमबहादुरलाई प्रहरीले पक्राउ गरेको छ । एउटै स्थानमा तल र माथि घर भएका दुई परिवारको खानेपानी प्रयोग गर्ने धारा एउटै रहेकाले सो सम्बन्धी पटक पटक विवाद हुँदै आएकोस्थानीयवासीको भनाइ रहेको छ । मृतक साउद कोटेली गाविसस्थित मानवअधिकार निगरानी समूहका अध्यक्षसमेत थिए।

मृत्यु

विशेष