News

१४ देशमा राजदूत सिफारिस, को–को परे ?

१४ देशमा राजदूत सिफारिस, को–को परे ?
फागुन – ९ । सरकारले विभिन्न १४ देशमा रिक्त रहेको राजदूत पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा दोस्रोपटक बसेको मन्त्रिपरिषदको बैठकले राजदूत नियुक्तिका लागि १४ जनाको नाम सिफारिस गरेको हो । मन्त्रिपरिषदको बैठकले युएईमा आशा लामा, कतारमा रमेशप्रसाद कोइराला, साउदी अरेबियामा महेन्द्र सिंह, बहराइनमा पदम सुन्दास, यमनमा शर्मिला पराजुली र इजरायलमा निरन्जन थापालाई राजदूत नियुक्त गर्न सिफारिस गरेको छ । त्यस्तै, जापानमा प्रतिभा राणा, डेनमार्कमा युवनाथ लम्साल, अस्ट्रेलियामा लक्की शेर्पा, म्यानमारमा भीम उदास, श्रीलंकामा विश्वम्भर प्याकुरेल, दक्षिण कोरियामा अर्जुन जंगबहादुर सिंह, बंगलादेशमा चोपलाल भुसाल र स्पेनमा भरत रायमाझीलाई राजदूत नियुक्त गर्न सिफारिस गरेको हो । सरकारले स्पेनमा दूतावास खोज्ने निर्णयसहित राजदूतसमेत नियुक्तिको सिफारिस गरेको सूचना तथा सन्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए । सरकारले सिफारिस गरेका राजदूतहरुको नाम संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक प्रावधान छ ।

विशेष