विदेश

हाते बम आक्रमणमा दश सर्वसाधारणको मृत्यु

हाते बम आक्रमणमा दश सर्वसाधारणको मृत्यु
फागुन–९ । अफगानिस्तानको पूर्वी प्रान्त लघमान भएको हाते बम (ग्रेनेट) आक्रमणमा कम्तीमा १० अफगान नागरिकको मृत्यु भएको छ । प्रान्तीय सरकारले सोमबार सो जानकारी दिएको छ । उक्त आक्रमण स्थानीय समयाअनसार आइतबार साँझ ७ः३० मा भएको जनाइएको छ । अज्ञात व्यक्तिहरुले गरेको यस ग्रेनेट आक्रमणमा एक परिवारको दश व्यक्तिको मृत्यु हुनुको साथै अन्य चार जना घाइते भएका प्रान्तीय सरकारद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । यस आक्रमणमा मारिएका प्रायः महिला र बालबालिका रहेका र यस घटनामा घाइते भएका सवैलाई स्थानीय अस्पतालमा भर्ना गरिएको जारी विज्ञप्तिमा छ । यस आक्रमणको कारण हालसम्म अज्ञात नै रहेको र तत्काल कुनै व्यक्ति या समूहले यस आक्रमणको जिम्मा भने लिएका छैनन् । प्रान्तीय गभर्नर अब्दुल जबार नहिमी यस आक्रमणको भत्सना गर्नु भएको छ । साथै स्वास्थ्य अधिकारीहरुलाई घाइते व्यक्तिहरुलाई राम्रो उपचारको व्यवस्था मिलाउनसमेत आदेश दिनु भएको छ । अफगानिस्तानमा जारी द्वन्द्वमा परी गत बर्ष ३ हजार ४९० सर्वसाधारणको मृत्यु हुनुको साथै अन्य ७ हजार ९२० जना घाइते भएका अफगानिस्तानको लागि संयुक्त राष्ट्रको मिसनले केही समय अगाडी जानकारी दिएको थियो । रासस/सिन्ह्वा

अफगानिस्तान बम सर्वसाधारण

विशेष