विदेश

ब्रिक्स सम्मेलनको तयारीका लागि चीनले सहयोग गर्छ : चिनियाँ विदेशमन्त्री

ब्रिक्स सम्मेलनको तयारीका लागि चीनले सहयोग गर्छ : चिनियाँ विदेशमन्त्री
फागुन–९ । चीनले ब्रिक्स राष्ट्रको आगामी सम्मेलनको आयोजनाका लागि दक्षिण अफ्रिकालगायतका ब्रिक्स सदस्य राष्ट्रहरसँग समन्वय र सहयोग गर्ने जनाएको छ । चिनियाँ विदेशमन्त्री वाङ यिले दक्षिण अफ्रिकाका विदेशमन्त्रीसँगको भेटवार्ताका क्रममा सो धारणा राखेका हुन् । हाल चीनको भ्रमणमा रहेका दक्षिण अफ्रिकाका विदेशमन्त्री माइते एन्कोना मासाबाने र चिनियाँ विदेशमन्त्रीबीच सोममार चिनियाँ राजधानी बेइजिङ्मा भेटवार्ता भएको थियो । ब्रिक्सको आगामी सम्मेलन चीनको दक्षिणपूर्वी सहर सियामेनमा आगामी सेप्टेम्बर महिनामा हुने कार्यक्रम रहेको छ । सो भेटका क्रममा चिनियाँ विदेशमन्त्री यिले ब्रिक्सको आगामी सम्मेलनको सफलताका लागि तथा ब्रिक्सलाई थप विकसित र समावेशी आर्थिक विकासका रुपमा विकास गर्नका लागि चीनको सहयोग रहने बताइएकाे समाचारमा जनाइएको छ । आर्थिक विश्वव्यापीकरण र समावेशी तथा सन्तुलित आर्थिक विकासका लागि ब्रिक्स सङ्गठनलाई अघि बढाउनुपर्ने धारणा उनको थियो । चिनियाँ विदेशमन्त्री यिले चीन र दक्षिण अफ्रिकाको आपसी सम्बन्ध सुदृढ र सुमधुर रहेको बताए । उनले आपसी विश्वासमा आधारित सम्बन्धका कारणले चीन र दक्षिण अफ्रिकाको सम्बन्धमा सुमधुरता आएको पनि बताएको राजधानी बेइजिङबाट अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । चीन र दक्षिण अफ्रिकाबीचको जनस्तरको उच्चस्तरीय बैठक आगामी केही समयमा आयोजना गरिने सो अवसरमा दुई देशका विदेशमन्त्रीस्तरमा सहमति भएको बताइएको छ । दुई देशबीचमा स्थापित रहेको चाइना अफ्रिका कोअपरेसनको बैठक आगामी केही समयमा बस्नेगरी तयारी गरिने बताइएको छ । सोको अपरेसनको बैठक सन् २०१५ मा जोहानेस्बर्गमा आयोजना गरिएको थियो । त्यस सम्मेलनमा आर्थिक लगायतका विभिन्न मुद्दामा छलफल भएको थियो । त्यस अवसरमा दुई देशबीचमा विस्तार र अभिवृद्धि गरिनुपर्ने आर्थिक, व्यापारिक र लगानी अभिवृद्धिको विषयमा पनि आगामी सो कोअपरेसनको बैठकमा व्यापक मात्रामा छलफल हुने जानकारी पनि सो अवसरमा दिइएको थियो । उक्त ब्रिक्स सङ्गठनमा ब्राजिल, रसिया, भारत, चीन र दक्षिण अफ्रिका सदस्य रहेका छन् । रासस/सिन्ह्वा

चीन ब्रिक्स सम्मेलन सहयोग

विशेष