News

मतदातालाई रक्सीमै डुबाएर भए पनि चुनाव जित्ने दाउमा प्याब्सनका सम्बाहाम्फे

मतदातालाई रक्सीमै डुबाएर भए पनि चुनाव जित्ने दाउमा प्याब्सनका सम्बाहाम्फे

फागुन १० । प्याब्सनको १३ औं महाधिवेशनमा अध्यक्षमा टीका पुरी र विजय सम्बाहाम्फेबीच कडा प्रतिस्पर्धा हुने भएको छ । प्याब्सनप्रति प्रतिबद्ध समूह भनेर पुरी र सम्बाहाम्फे ले प्रचार शुरु गरेका छन् । प्याब्सनलाई राजनीतिक गन्धन दिन नहुने भनेता पनि सम्बाहाम्फे माओवादी केन्द्र निकट हुन् ।

प्याब्सनको सहमतिबिना नै सरकारले गठन गरेको उच्च शिक्षा परिषदको सदस्यमा मनोनीत भएका उनको अर्को व्यवसाय जग्गा कारोबार पनि हो । आफूविरुद्ध लाग्नेलाई सिध्याउने धम्की दिँदै हिँडेका सम्हाहाम्फेले आफ्नो पक्षमा लाग्न अधिकांश प्रतिनिधिलाई होटल होटलमा गएर रक्सीको छेलोखेलो गराउँदै आएको आरोप छ ।

गाडीमै रक्सी बोकेर हिँडने उनले माओवादी निकट विद्यार्थी संगठनको नेता प्रयोग गरेर सम्बाहाम्फेलाई भोट नदिए ठीक नहुने धम्की पनि दिने गरेको स्रोतले बतायो । –दृष्टि साप्ताहिकबाट

विशेष