ट्रम्पले गरे १ सय कर्मचारी बर्खास्त

फागुन १० । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेका छन् ।लेफ्टिनेन्ट जेनरल एच आर मैक्मास्टरलाई नयाँ राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरिएको हो ।
यसअघि नियुक्त राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिनले रुससँग विशेष सम्बन्ध भएको आरोप लागेपछि राजीनामा दिनुपरेको थियो । अफगानिस्तान र इराकमा काम गरेका जेनरल मैक्मास्टर निकै सुझबुझ राख्ने, प्रष्ट र खरा कुरा गर्ने रणनीतिकारका रुपमा चिनिन्छन् । यसैबीच आप्रवासीप्रति समर्थन गर्दै प्रदर्शनमा उत्रिएको आरोपमा एक सयभन्दा बढी कर्मचारीलाई ट्रम्प प्रशासनले जागिरबाट बर्खास्त गरेको छ ।
अमेरिकामा निर्माणमा आप्रवासीहरुको योगदान नबिर्सन आग्रह गर्दै गरिएको प्रदर्शनमा सहभागि भएको भन्दै उनीहरुलाई नोकरीबाट हटाइएको सञ्चार माध्यमहरुले जनाएका छन् ।
Donald Trump