News

गँजेडीहरु शिवपुरीका जोगी भएठाउँ जान थालेपछि निकुञ्जले जोगी, साधुलाई हटाउने भयो

गँजेडीहरु शिवपुरीका जोगी भएठाउँ जान थालेपछि निकुञ्जले जोगी, साधुलाई हटाउने भयो

फागुन १० । शिवपुरी क्षेत्रमा ध्यान साधना गरेर वर्षौ बिताएका केही साधु तथा योगीलाई शिवपुरी निकुञ्ज प्रशासनले महाशिवरात्रिको पूर्वसन्ध्यामा त्यहाँबाट हट्न आदेश दिएको छ ।

बागमती मुहान वागद्वार क्षेत्र, तीनचुले तथा तारकेश्वरमा लामो समयदेखि ध्यान, साधना र तपस्या गरिरहेका साधु तथा योगीलाई शिवपुरी राष्ट्रिय निकुञ्ज प्रशासनले त्यहाँबाट हट्न आदेशसहित केही दिन अघि पत्र पठाएको हो । निकुञ्ज प्रशासनले सुख्खा समयमा निकुञ्जमा आगलागी हुन सक्ने कारण देखाउँदै फागुन पहिलो सातादेखि शिवपुरी क्षेत्र छाडी अन्यत्र जान निर्देशन दिएको हो । निकुञ्ज प्रशासनले जोगीले गाँजा खानेलाई प्रोत्साहित गरेकोले त्यस्तो आदेश दिएको बताएको छ । –अन्नपूर्ण पोस्ट्बाट

विशेष