विदेश

फिलिपिन्समा विद्यार्थी सवार बस दुर्घटना १४ को मृत्यु ४० घाइते

फिलिपिन्समा विद्यार्थी सवार बस दुर्घटना १४ को मृत्यु ४० घाइते
फागुन १० । फिलिपिन्समा बिदा मनाउन गइरहेका विद्यार्थी बोकेको बस दुर्घटना हुँदा क्याम्पस तहका १३ जना विद्यार्थी र एक जना चालकसहित १४ जनाको मृत्यु भएको छ । पहाडी क्षेत्रमा विद्युत गृहमा ठक्कर खाएर भएको दुर्घटनामा अन्य झन्डै ४० जना घाइते भएका छन् । मनिलामा रहेको एक निजी विद्यालयको सो बसमा ५० जना किशोरकिशोरी रहेका थिए । चालकले नियन्त्रण गुमाएर दुर्घटना भएको क्षेत्रीय प्रहरी कार्यालयका प्रवक्ताले जानकारी दिएका छन् ।मृतकमध्ये १० जना विद्यार्थीको घटनास्थलमै र एक जना चालकसहित चार जनाको अस्पतालमा मृत्यु भएको अधिकारीहरूले बताएका छन् । घाइते ४० जनामध्ये केहीको अवस्था गम्भीर रहेकाले उनीहरूलाई थप उपचारका लागि ठूला अस्पतालहरूमा लगिएको छ ।

Road Accident In Philipnce

विशेष