News

हप्तादिन भित्रै निवाचनसम्बन्धी आचार संहिता लागू हुन्छ – प्रमुख निर्वाचन आयुक्त

हप्तादिन भित्रै निवाचनसम्बन्धी आचार संहिता लागू हुन्छ – प्रमुख निर्वाचन आयुक्त
फागुन - १० । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले एक हप्ताभित्रै निर्वाचनसम्बन्धी आचार संहिता लागू हुने स्पष्ट पारेका छन् । मंगलबार रिपोर्टर्स क्लबमा भएको कार्यक्रममा प्रमुख आयुक्त यादवले आयोगले यही हप्ताभित्रै आचार संहिता लागू गर्ने बताएका हुन् । साक्षात्कारमा उनले भने ‘शून्य सहनशिलताका आधारमा हामी आचार संहिता लागू गर्नेगरि विशेष छलफलमा छौं, आचार संहिता लागु हुनेवित्तिकै सरुवा, बढुवा र नियुक्ती केही हुन दिँदैनौं ।' यादवले आयोगले निश्पक्ष, स्वतन्त्र र स्वच्छ निर्वाचन गर्न सम्पूर्ण शक्ति लगाउने बताउँदै आफू फ्रि एण्ड फेयर निर्वाचन गराउन प्रतिवद्ध रहेको उल्लेख गरे । उनले निर्वाचन हुँदैन कि भनेर अब कसैले पनि शंका गर्न नहुने जिकिर गर्दै तोकिएकै मितिमा निर्वाचन गर्न आयोग सफल हुने विश्वास व्यक्त गरे । उनले भने, 'सफलता प्राप्त गर्नको लागि तीन घण्टा नै काफी छ, हामीसँग त ८२ दिन बाँकी छ, सफलता प्राप्त गर्न निरन्तरता चाहिन्छ ।' । यादवले आफूले चूनौति भन्दा पनि अब प्रशस्त अवसरहरु देखेको उल्लेख गर्दै निर्वाचनको मिति घोषणा भएको छ र कानुन तथा ऐनहरु आएकाले निर्वाचन हुनेमा दुई मत नभएको बताए । त्यस्तै उनले नेपाल सरकारले पनि आयोगलाई विश्वास दिलाएको उल्लेख गर्दै भने, 'कुनै पनि साधन र स्रोतहरुको कमी हुन दिन्नौं भनेर सरकारले भनेको छ, आवश्यक जनशक्तिको लागि पूर्ण भरोसा दिलाएको छ ।' उनले सरकारले खुट्टा नकमाउनेमा आफू पूर्ण विश्वस्त रहेको समेत बताए । उनले निर्वाचन सफल बनाउनको लागि राजनीतिक शक्ति पनि एउटा ठूलो आधार भएको टिप्पणी गरे । यादवले थपे, 'दलहरुवीच विश्वासको वातावरण बढ्दै गईरहेको छ, आपसी सद्भाव देखिरहेको छु, छलफल भैरहेको छ, यो सकारात्मक कुरा हो ।' उनले स्थानीय निर्वाचन देश र जनताको लागि नै अति आवश्यक रहेको बताए । उनले अन्र्तराष्ट्रिय जगतको पनि सहयोग र सद्भाव रहने विश्वास दिलाए । उनले भने, 'आचार संहिताको सीमाभित्र रहेर उहाँहरुको सद्भाव र सहयोगको अपेक्षा गरेका छौं ।' उनले स्थानीय तह पूर्नसंरचना अनुसार नयाँ संरचनाको भूगोल गाउँपालिकाहरुमा कर्मचारी खटनपटनको लागि आफूहरुले सरकारसँग आग्रह गरेको समेत जानकारी दिए । यसअघि आयोगले दुई चरणमा चुनाव गर्ने भनेर भने पनि अब एकै चरणमा गर्ने भएकोले त्यसको लागि आफूलाई धन्यवाद दिनुपर्ने बताए ।

अयोधीप्रसाद यादव आचार संहिता प्रमुख निर्वाचन आयुक्त

विशेष