विदेश

पाकिस्तानमा आत्मघाती हमला, सातको मृत्यु

पाकिस्तानमा आत्मघाती हमला, सातको मृत्यु
फागुन - १० । पाकिस्तानको खैबर पख्तुनख्वाह प्रान्तको चारसदा जिल्लामा भएको आत्मघाती हमलामा परी ७ जनाको मृत्यु भएका छ भने दर्जनौँ घाइते भएको छन् । बिबिसीका अनुसार चारसदा शहर कचहरीमा चरमपन्थीले हमला गरेका हुन् ।
उक्त हमालामा चार जनाको सर्वसाधारण मारिएका छन् । प्रहरीले तीन जना हमलाकारीलाई मारेको बताइएको छ । कचहरीमा चरमपन्थी प्रवेश गर्ने प्रयास गर्दा झडप भएको हो । उक्त विस्फोट हमलाकारीले बोकेको ग्रेनेट पड्केर भएको बिबिसीले जनाएको छ । कचरही भवनको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले हमलाकारीलाई निसाना बनाएपछि दुई हमालाकारीले आफूले आफैँले सुट गरेका थिए भने तेस्रो हमलाकारीले बोकेको ग्रेनेट पड्कीको थियो । एक अधिकारीका अनुसार उक्त हमलामा चार सवसाधारण मारिनुको साथै १५ जना घाइते भएका छन् । चारसदाका उप–आयुक्त ताहिर जफरकाका अनुसार कडा सुरक्षा भएकाले चरमपन्थी कचहरी परिसरमा छिन् भने पाएनन् । विस्फोटपछि सुरक्षाकर्मीले उक्त इलाकालाई घेराउ गरेको छ । पेशावर र मरदानबाट पनि बचाउ दल घटनास्थलमा पुगेको बिबिसीले जनाएको छ । पाकिस्तानमा पछिल्लो दुई हप्तामा आतंकवादी हमालामा वृद्धि भएको छ । यो अवधिमा आत्मघाती विस्फोट र बमबारीका घटनामा एक सयभन्दा धेरैको ज्यान गरेको छ भने सयौँ घाइते भएका छन् ।

आत्मघाती हमला

विशेष