मनोरञ्जन News

धुर्मुस–सुन्तली पुनर्निर्माण प्राधिकरणको सद्भावना दूत

धुर्मुस–सुन्तली पुनर्निर्माण प्राधिकरणको सद्भावना दूत
फागुन – १० । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हास्य कलाकार सिताराम कट्टेल र कुन्जना घिमिरे (धुर्मुस सुन्तली) सभावना दूत बनाउने निर्णय गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलको संयोजकत्वमा मंगलवार बसेको कार्यकारी समितिले हास्य कलाकारद्वयलाई एकीकृत बस्ती निर्माण विकाससम्बन्धी सद्भावन दूत बनाउने निर्णय गरेको हो ।
स्वदेश तथा विदेशबाट रकम संकलन गरी एकीकृत बस्तीको अवधारणा अघि बढाएको योगदानका आधारमा उनीहरुलाई प्राधिकरण सद्‍भावना दूत नियुक्त गरेको हो । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–८ गिरानचौरमा कलाकारद्वयले भूकम्पपछिको पुनर्निर्माणका क्रममा एकीकृत बस्ती निर्माण गरेका छन् । बैठकले निजी आवास अनुदानको हकमा २०७३ पुस मसान्तसम्म पहिलो किस्ता लिएका लाभग्राहीहरुले २०७३ साल चैत्र १५ सम्म दोस्रो किस्ताको लागि तोकिएको मापदण्डअनुसार रितपूर्वक आवेदन दिइसक्न सूचना जारी गर्ने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ । भूकम्पले क्षतिग्रस्त सिंहदरबारको पश्चिमतर्फको भागलाई संरक्षणरप्रवलीकरणबारे जिम्मेवारी तोकिदिएको छ । ‘कार्यकारी समिति सदस्य हरिराम पराजुलीको संयोजकत्वमा गठित कार्यान्वयन उपसमितिलाई सोही मोडालिटीमा सिंहदरबार परिसरमा रहेको ग्यालरी बैठकको पुनर्निर्माणको कार्य गर्ने जिम्मेवारी दिने निर्णय गरेको छ,’ विज्ञप्तिमा जनाइएको छ । प्राधिकरणका प्रवक्ता यमलाल भुसालका अनुसार भूकम्पबाट प्रभावित व्यक्तिहरुमध्ये अपाङ्गता, जेष्ठ नागरिक, बालबालिका र विपन्न परिवारलाई दिइने थप सहुलियतलाई निर्धारण गरिएको विधिअनुसार प्राथमिकीकरण गर्न स्वीकृति दिने निर्णय समेत भएको छ । ‘गैरसरकारी संस्था परिचालनसम्बन्धी कार्यविधि २०७२ दफा९९० बमोजिम सिफारिस भई आएका विभिन्न ५ ओटा गैरसरकारी संस्थाहरुलाई सम्बन्धित निकायले तोकेको मापदण्डभित्र रही सञ्चालन गर्न स्वीकृति दिने निर्णय समेत भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

धुर्मुस–सुन्तली धुर्मुस–सुन्तली फाउन्डेसन

विशेष