विदेश

मनाङ मर्स्याङ्दीले अफगानिस्तानको आस्मयीसँग प्रतिस्पर्धा गर्दै

मनाङ मर्स्याङ्दीले अफगानिस्तानको आस्मयीसँग प्रतिस्पर्धा गर्दै
फागुन - १० । शेख कमल अन्तर्राष्ट्रिय क्लब कप–२०१७ को समूह चरणको दोस्रो खेलमा मनाङ मस्र्याङ्दीले बुधबार अफगानिस्तानको शाहिन आस्मयीसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार दिउसो ३ः४५ बजे चितगोङस्थित मोहम्मद अजिज रंगशालामा हुनेछ । मनाङले समूह चरणको पहिलो खेलमा मोहमोदेन स्पोर्टिङ क्लबलाई दुई शून्यले हराएको थियो । प्रतियोगिताअन्तर्गत समूह चरणको विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिता मार्च २ गतेसम्म चल्नेछ ।

मनाङ मर्स्याङ्दी

विशेष