विदेश

ट्रम्पले ल्याए आप्रवासीलाई देश निकाला गर्ने नयाँ नियम, एक करोड १० लाख मानिसलाई देश निकाला गरिने

ट्रम्पले ल्याए आप्रवासीलाई देश निकाला गर्ने नयाँ नियम, एक करोड १० लाख मानिसलाई देश निकाला गरिने
फागुन ११ । अमेरिकामा आप्रवासीलाई देश निकाला गर्ने नयाँ नियम लागू गरिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले कागजात नभएका र आपराधिक गतिविधिमा संलग्न आप्रावासीलाई देश निकाला गर्ने नयाँ नियम लागू गरेको हो । यस अतिरिक्त ट्राफिक नियम पालना नगर्ने, चोरीको घटनामा संलग्न जो कोही पनि यसको निशानामा पर्ने छन् । यसले एक करोड १० लाख विदेशीलाई असर पर्ने बिश्लेषण गरिएको छ । अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाको कार्यकालमा अमेरिका प्रवेश गरेका आप्राबासी बालबालिकाको हकमा भने यो नियम लागू नहुने जनाइएको छ । यो नियम लागू गर्न अमेरिकाको होमल्याण्ड सुरक्षा विभागले १० हजार अतिरिक्त अधिकारी नियुृक्त गर्ने छ । कार्वाहीमा पर्ने ब्यक्ति लगातार दुई बर्षसम्म अमेरिका बसेको प्रमाण भेटिएमा भने छुट दिइने जनाइएको छ । यसरी देश निकालामा पर्नेहरु जुनसुकै देशको नागरिक भएपनि मेक्सिको पठाइने ट्रम्प प्रशासनले प्रष्ट गरेको छ ।

Donald trum

विशेष