News

फेरि स्थगित भयो संसद बैठक, बिहीबार ३ बजे बस्ने

फेरि स्थगित भयो संसद बैठक, बिहीबार ३ बजे बस्ने
फागुन – ११ । बुधबार १ बजे बस्ने भनिएको व्यवस्थापिका–संसदको बैठक सूचना टाँसेर बिहीबार ३ बजेसम्मका लागि स्थगित गरिएको छ । सूचनाद्वारा बैठक स्थगित भएको यो लगातार दोस्रो दिन हो । प्रतिपक्षी एमाले नेतृत्वको विपक्षी गठबन्धनले संशोधनको कार्यसूची संसदमा ल्याए बैठक अवरुद्ध गर्ने चेतावनी दिएपछि सभामुख ओनसरी घर्तीमगरले सूचना टाँसी बैठक स्थतिग गरेकी हुन् । प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबारको सर्वदलीय बैठकपछि बुधबारको संसद बैठकमा संशोधन विधेयक प्रक्रियामा लैजाने बताएका थिए । बुधबार दिउँसो दुई बजे संसद बैठक बोलाइएको थियो ।

संसद बैठक

विशेष