विदेश

अजरबैजानका राष्ट्रपतिले आफ्नै श्रीमतीलाई बनाए उपराष्ट्रपति

अजरबैजानका राष्ट्रपतिले आफ्नै श्रीमतीलाई बनाए उपराष्ट्रपति
फागुन १२ । अजरबैजानका राष्ट्रपति इलम अलिएभले पत्नी मेहरिवानलाई मुलुकको उपराष्ट्रपति पदमा नियुक्त गरेका छन् । गत सेप्टेम्बरमा भएको जनमतसंग्रहको परिणामले संविधान संशोधन गरी राष्ट्रपतिलाई नै उपराष्ट्रपति छान्ने अधिकार दिएपछि राष्ट्रपति अलिएभले ५२ बर्षीया पत्नी मेहरिवानलाई उपराष्ट्रपति नियुक्त गरेका हुन् । १९ बर्र्षको उमेरमा अहिलेका राष्ट्रपति अलिएभसँग विवाह गरेकी अजरबैजानकी नयाँ उपराष्ट्रपतिले यसअघि सांसद र गैरसरकारी संस्थाको प्रमुखको रुपमा काम गरेकी छन् । अजरबैजानको संविधानले उपराष्ट्रपतिको स्पष्ट जिम्मेबारी भने तोकेको छैन । तर संविधानमा राष्ट्रपति अनुपस्थित भएका बेला उनको जिम्मेबारी उपराष्ट्रपतिले बहन गर्ने उल्लेख छ । पूर्व सोभियत संघबाट अलग्गिएको अजरबैजानको राष्ट्रपति पद अलिएभले सन् २००३ मा आफ्ना पिताको बिरासतको रुपमा पाएका थिए । अहिले पत्नीलाई उपराष्ट्रपति बनाएपछि त अजरबैजान अलिएभको पेवा सरह बनेको बताइन्छ ।

ajarbaijan

विशेष