News

प्रहरी प्रमुखको मुद्दामा आजपनि बहस हुने

प्रहरी प्रमुखको मुद्दामा आजपनि बहस हुने
[caption id="attachment_57042" align="alignnone" width="850"] फाइल तस्विर[/caption] फागुन १२ । नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति विवादसम्वन्धी मुद्दामा आज पनि सर्वोच्चमा सुनुवाई हुँदैछ । न्यायाधीशद्धय हरिकृष्ण कार्की र तेजबहादुर केसीको सयुक्त इजलासमा बिहीबार पनि मुद्दाको सुनुवाई हुनेछ । सयुक्त इजलासले बुधबारको सुनुवाईबाट मुद्दालाई हेर्दाहेर्दैमा राखेर प्रक्रिया अघि बढाएको हो । निवेदक पक्षको बहस सकिएपछि विपक्षीको बहस सुरु हुनेछ । बुधबार निवेदकका तर्फबाट बरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, शम्भु थापा, बालकृष्ण न्यौपाने तथा अधिवक्ता ओमप्रकाश अर्याललगायतले बहस गरेका छन् । निवेदक पक्षबाट कानुन व्यवसायीको वकालतनामा बढी भएकाले बुधबार विपक्षीको पालो आएन । कानुन व्यवसायीको सूची लामो भएका कारण बिहीबार पनि सम्भवतः दुवै पक्षको बसह सकिने छैन । सरकारी वकिल बाहेक दुवै पक्षका गरी २० भन्दा बढी कानुन व्यवसायीले वकालतनामा लेखाएका छन् ।

Jaya Bahadur CHand Nabaraj Silwal Sarbocha Adalat

विशेष