नेपालमा मानवअधिकारको अवस्था कमजोर : एमनेष्टी
फागुन १२ । अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेस्टीले वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । विश्वका १५९ देशको मानवअधिकारको अवस्थाबारे अध्ययन गरी तयार पारेको ४०८ पृष्ठको प्रतिवेदन सार्वजनिक गरेको हो ।
प्रतिवेदनअनुसार नेपालमा मानवअधिकारको अवस्था कमजोर भएको देखाएको छ । प्रतिवेदनअनुसार नेपालमा भूकम्पपछि पर्याप्त आवासको व्यवस्था नभएको तथा यातना र अन्य दुव्र्यवहारका घटना विद्यमान रहनु, दण्डहिनता मौलाउँदै गएको देखाएको छ ।
तराईसहित मुलुकका विभिन्न स्थानमा प्रदर्शनकारीविरुद्ध सरकारले बल प्रयोग गरेको प्रतिवेदनमा भनिएको छ । लिङ्ग, जात, वर्ग, धर्मका आधारमा हुने विभेद बढ्दै गएको र आगामी वर्षमा मानवअधिकारको स्थिति अझै गम्भीर हुने प्रतिवेदनले जनाएको छ ।
Amnesty