विदेश

विजय जोली बलात्कारी !

विजय जोली बलात्कारी !

फागुन १२ । भारतीय जनता पार्टीका नेता विजय जोलीमाथि बलात्कारको आरोप लागेको छ । हरियानाकी एक महिलाले जोलीमाथि सो आरोप लगाउँदै गुरगांव थानामा उजुरी दिएकी छन् ।

नेपालमा चिरपरिचित रहेका जोलीलाई नरेन्द्र मोदी प्रधानमन्त्री हुने वित्तिकै पार्टीको विदेश विभाग प्रमुखबाट हटाइएको थियो तर उनी विदेश विभाग प्रमुख भन्दै पटक पटक नेपाल आएर सेवा सत्कार लिएका नेता हुन् ।

नेपालबाट गएका नेताहरुले जोलीसँगको भेटघाटलाई छुटाउँदैन । भाजपाका स्रोत अनुसार जोलीको यस्तै यस्तै व्यवहारका कारण अमित शाह पार्टीको अध्यक्ष हुने वित्तिकै विदेश विभाग प्रमुखबाट मात्र होइन, पार्टीको कार्यकारणी सदस्यबाट समेत हटाइएको थियो ।

अहिले उनीमाथि बलात्कारको आरोप लागेपछि पार्टीले कुनै निर्णय लिएको छैन् ।

Bijaya Joli

विशेष