News

सडक सुधार अवधि सकिँदा आधा काम बाँकी, उपत्यकामा धुलो र जाम कहिलेसम्म ?

सडक सुधार अवधि सकिँदा आधा काम बाँकी, उपत्यकामा धुलो र जाम कहिलेसम्म ?
  फागुन - १२ । कलंकी– कोटेश्वर सडकखण्ड निमार्ण सुरु भएको ४ वर्ष पुगेको छ । यो अवधीमा १०.३९ किलोमिटर दूरीको सडकखण्ड निर्माण सुधार सकिसक्नुपर्ने हो । तर, सडकखण्ड निर्माण सम्पन्न भइसक्ने मिति सकिदासम्म पनि जम्मा ४८ प्रतिशत काम मात्रै सम्पन्न भएको छ ।
उक्त सडकखण्डमा सवारी जाम बढेपछि सडक सुधारका लागि २०१२ मा चीन सरकार र नेपाल सरकारबीच सम्झौता भएको थियो । कलंकी कोटेश्वर सडकखण्ड आठ लेनको बन्न लागेको हो । बीचमा मूल मार्ग र दुईतिर १-१ वटा सहायक मार्ग सडकमा रहनेछ । चीन र नेपालबीच भएको सम्झौता चीनको शाङ्घाई कन्स्ट्रक्सन ग्रुप कम्पनीले २०१३ सेप्टेम्बरदेखि काम शुरु गरेको हो । १०.३९ किलोमिटर दूरीको सडकको लागि झण्डै ५ अर्ब ९३ सय १२ मिलियन युआन खर्च भइसकेपनि निमार्ण गरिएको सडक समयमै सकिएन् । फलस्वरुप अहिले ब्यवस्थापन नै गर्न नसकिने जाम र धुलोले गर्दा सर्वसाधारणहरु मारमा परेका छन् ।
नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार ठेकदारले चक्रपथको कलंकीदेखि कोटेश्वरसम्मको सडकखण्ड निमार्ण कार्य गत जनवारीसम्ममा सकिनु पर्ने थियो । तर, चक्रपथ सुधार आयोजना प्रमुख ज्ञानेन्द्र झाका अनुसार काम सकिन २०१८ सम्म कुर्नुपर्नेछ । अबको १ वर्ष कलंकी कोटेश्वर सडक खण्डमा जाम र धुलोको समस्या उस्तै हुनेछ ।
अहिले भइरहेका कामहरु ? मनोहरा, वागमती, बल्खुखोला र कलंकीमा पुल निर्माणको काम गरिरहेको छ । एकान्तकुनादेखि कोटेश्वरसम्मको सडकको पिच गर्ने काम तीव्रगतिमा भइरहेको छ । त्यस्तै, सडक आसपासमा भएका पूर्वाधारहरु ब्यवस्थापन गर्ने काममा आयोजना लागिरहेको छ । आयोजनाको अनुसार वि.सं २०२७ मा चीन सरकारकै अनुदानमा २७ किमि चार लेनको चक्रपथ निर्माण भएको थियो ।
सागर बुढाथोकी

Dhulo Ra Dhuwa kathmandu

विशेष