महेन्द्र मोरङ क्याम्पसमा झडप, चार राउण्ड गोली चल्यो

फागुन,१२ । विराटनगरको महेन्द्र मोरङ क्याम्पसका विद्यार्थी र प्रहरीबीच झडप भएको छ ।
विराटनगरको रोडशेस चोक क्षेत्रमा सडक निर्माणमा रहेको डोजरले महेन्द्र मोरङ क्याम्पसका विद्यार्थी सुरज यादवलाई ठक्कर दिएको थियाे।
डोजरले विद्यार्थीलाई ठक्ककर दिएको भन्दै आक्रोशित विद्यार्थीले डोजरमा आगजनी गरेका थिए । डोजरमा भएको आगजनी नियन्त्रणमा पुगेको प्रहरीमाथि विद्यार्थीले ढुंगामुडा गरेपछि स्थिति नियन्त्रणमा लिन हवाइ फायर गर्नुपरेको विराटनगर प्रहरीले जनाएको छ ।
झडपका क्रममा प्रहरीले केही विद्यार्थीलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले डोजर चालक ब्रिजेशकुमार गुप्तालाई पनि नियन्त्रणमा लिएको छ । विवाद समाधानका लागि अनेरास्ववियुले पहलकदमी गरिरहेको जनाएको छ ।
Morang