News

सफलतापूर्वक निर्वाचन गराउनु अहिलेकाे प्रमुख आवश्यकता - नेता नेम्बाङ

सफलतापूर्वक निर्वाचन गराउनु अहिलेकाे प्रमुख आवश्यकता - नेता नेम्बाङ
फागुन - १२ । व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरिएकोमा सिङ्गो मुलुक त्यसलाई सफल तुल्याउनेतर्फ लाग्नुपर्नेमा जोड दिएका छन्। निर्वाचनमा मुलुक होमिनुपर्ने समयमा संविधान संशोधनको विषय औचित्यहीन भएको बताउँदै उनले संविधान कार्यान्वयन अहिलेको प्रमुख आवश्यकता रहेको बताए। नेता नेम्बाङले संविधान संशोधन विधेयक सदनमा उपस्थित नौ दललाई मान्य नहुने जानकारी दिँदै प्रस्तुत विधेयक संविधान विपरीत भएको बताए। उनले भने – “संविधान संशोधन विधेयक प्रदेशको सीमाङ्कन हेरफेर गर्ने प्रस्ताव संविधानको मर्म र भावना विपरीत, सर्वोच्च अदालतको आदेश विपरीत तथा मधेस र त्यहाँका जनताको हित विपरीत भएकाले हामी त्यसलाई समर्थन गर्दैनौँ ।” निर्वाचनसम्बन्धी धेरै काम गर्न बाँकी रहेको वर्तमान अवस्थामा तीनै तहको निर्वाचन सम्पन्न गर्नेसम्बन्धी सम्पूर्ण कानुन बनाउनुपर्नेमा सदन त्यसतर्फ नलागी संविधान संशोधनतर्फ लागेको गुनासो गरे। त्यसअघि बैठकमा राष्ट्रपतिले स्थानीय तह निर्वाचनसम्बन्धी विधेयक प्रमाणीकरण गरेको पत्र सभामुखले वाचन गरेर सुनाएकी थिइन्। त्यसैगरी शून्य समयमा सांसद अनुराधा थापामगरले देशभरका सामुदायिक विद्यालयमा नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै पाठ्यपुस्तक पुर्‍याउने व्यवस्था गर्न माग गरिन्। सांसद उमेशकुमार यादवले सगरमाथा अञ्चल अस्पतालको दुरावस्था अन्त्यका लागि सरकारको ध्यानाकर्षण गराए।

BICC Subash Chandra Nebang

विशेष