सरकारी कार्यालयबाट हुने भुक्तानी अब अनलाइनबाट
सरकारी कार्यालयबाट हुने भुक्तानी आगामी आइतबारदेखि अनलाइनमार्फत दिइने भएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालयले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बिल पेस गर्ने पक्षको बैंक खातामा रकम जम्मा हुने गरी फागुन १५ देखि व्यवस्था मिलाउन लागेको जनाएको हो । २५ हजारभन्दा माथिको भुक्तानी गर्दा अनिवार्य रुपमा अनलाइनमार्फत उपलब्ध गराइने कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
महालेखाले भुक्तानीका लागि नेपाल क्लेरिङ हाउस लिमिटेड (एनसिएचएल) मार्फत सम्बन्धित बैंकमा अनलाइनमार्फत भुक्तानी पठाउनेछ । अनलाइनमार्फत भुक्तानी हुने व्यवस्था लागू भएपछि चेक लिएर बैंकसम्म धाउनुपर्ने अवस्थाको अन्त्य हुने कार्यालयका प्रवक्ता केबल भण्डारीले जानकारी गराए । हाल भुक्तानीका लागि चेक साट्न पाँच दिनदेखि एक महिनासम्म लाग्दैआएको छ । पहिलो चरणमा सिंहदरबारभित्र रहेका कार्यालयको मात्र अनलाइनमार्फत भुक्तानी दिइने छ ।
अनलाइन भुक्तानी सरकारी कार्यालय