विदेश

जोङलाई विष दलेको रिपोर्ट झुटो, हत्यामा मलेसिया जिम्मेवार : उत्तर कोरिया

जोङलाई विष दलेको रिपोर्ट झुटो, हत्यामा मलेसिया जिम्मेवार : उत्तर कोरिया
फागुन–१२ । उत्तर कोरियाले क्वालालम्पुरमा आफ्नो नागरिकको हत्यामा मलेसिया जिम्मेवार रहेको आरोप लगाएको छ । उत्तर कोरियाली शासक किम जोङले सौतेनी दाजु किम जोङ नामको नाम नलिइकन उनको शव फिर्ता गर्ने विषयलाई राजनीतिकरण गर्ने प्रयास गरेको जिकिर गरेका छन् । ‘केसीएनए’ले कूटनीतिक पासपोर्टधारी आफ्ना नागरिकको ह्रदयघातका कारण मृत्यु भएको उल्लेख गरेको छ । उनलाई विष दलेको भन्ने रिपोर्ट झुटो भएको भन्दै केसीएनएले मलेसिया पनि दक्षिण कोरियाली अधिकारीहरुले रचेको षड्यन्त्रको हिस्सेदार बनेको जनाएको छ ।उत्तर कोरियाको सरकारी सन्चारमाध्यम केसीएनएले नाम नलिइकनै पहिलोपटक हत्या प्रकरणका सम्बन्धमा पहिलो प्रतिक्रिया जनाएको हो । हत्या गरिएका किम जोङ नामको शव पोस्टमोर्टम पछि पनि क्वालालम्पुरको अस्पतालमै छ । हत्यामा संलग्न संदिग्ध १० जना उत्तर कोरियालीको खोजी भइरहेको त्यहाँको प्रहरीले जनाएको छ । जसमा उत्तर कोरियाली दूतावासका द्वितीय सचिव हयान क्वाङ साङ पनि छन् । बुधबारमात्र मलेसियाली प्रहरीले विमानस्थलामा दुईजना महिलाले किमको अनुहारमा विष दलेको पुष्टि भएको जनाएको थियो । उनीहरु पनि पक्राउ परिसकेका छन् । हत्या प्रकरणपछि मलेसिया र उत्तर कोरियाबीच तनाव चुलिएको छ ।

उत्तर कोरिया किम जोङ मलेसिया हत्या

विशेष