विदेश

सञ्चारमाध्यममाथि आक्रमक बन्दै ट्रम्प, ह्वाइट हाउसमा प्रवेश निषेध

सञ्चारमाध्यममाथि आक्रमक बन्दै ट्रम्प, ह्वाइट हाउसमा प्रवेश निषेध
[caption id="attachment_57925" align="alignleft" width="300"] ट्रम्पका प्रवक्ता शान स्पाइसर[/caption] फागुन–१४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा विभिन्न सञ्चारमाध्यमहरुलाई प्रवेश गर्न निषेध गरेको छ । उनले पत्रकार सम्मेलनमा सञ्चामाध्यमलाई प्रवेश गर्न निषेध गरेको हो । बीबीसी, द न्यूयोर्क टाइम्स, सीएनएन जस्ता अन्तराष्ट्रिय सञ्चारमाध्यमका पत्रकारलाई ह्वाइट हाउसमा ट्रम्पका प्रवक्ता शान स्पाइसरले कुनै कारण नदेखाई बाहिर निकालि दिएको बीबीसीले जनाएको छ । मेरिल्याण्डमा कन्जरभेटिभ पोलिटिकल एक्सन कंग्रेसमा दिएको भाषणको सुरुमै उनले १३ मिनेटसम्म मीडियाको आलोचना गरेको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अपुष्ट सूत्रको नाममा समाचार दिने गरेको भन्दै ट्रम्पले सीएनएन र द न्यूयोर्क टाइम्सको आलोचना गरेका हुन् । त्यसलगत्तै सञ्चारमाध्यम र ट्रम्पबीच मीडियाको सम्बन्धमा नयाँ टकराव देखिएको छ । ह्वाइट हाउसको पत्रकार सम्मेलनमा एबिसी, फक्स न्यूज, रेउटर्स, द वासिङटन टाइम्स र बे्रटबार्ट न्यूजले मात्र प्रवेश पाएका थिए । यस्तो रवैयाको विरोधमा एसोसिएटेड प्रेस र टाइम म्यागेजिन र यूएसए टूडेका पत्रकारले पनि पत्रकार सम्मेलन बहिष्कार गरेका थिए । उनीहरुले पत्रकारलाई बाहिर निकालेकामा ट्रम्प प्रशासनको कडा आलोचना गरेका छन् ।

डोनाल्ड ट्रम्प प्रवेश निषेध सञ्चारमाध्यम ह्वाइट हाउस

विशेष