News

निर्वाचन अायाेगमा तपार्इंकाे नाम छ कि छैन, भाेट हाल्नु अघि यहाँ खाेज्नुहाेस् अाफनाे नाम

निर्वाचन अायाेगमा तपार्इंकाे नाम छ कि छैन, भाेट हाल्नु अघि यहाँ खाेज्नुहाेस् अाफनाे नाम
के तपाई निर्वाचन आयोगले सञ्चालन गरेको फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउनु भयो कि भएन दुबिधामा हुनुहुन्छ ? अथवा तपाईको नाम फोटोसहितको मतदाता नामावलीमा छ कि छैन भनेर चिन्ति हुनुहुन्छ ? अब चिन्ता लिनू पर्दैन । निर्वाचन आयोगले घरमै बसिबसि आफ्नो नाम मतदाता नामावलीमा छ कि छैन भनेर थाहा पाउने सुविधा दिएको छ । यसको लागि तपाईं इन्टरनेटको पहुँचमा हुन पर्दछ । इन्टरनेटको पहुँचमा भएको व्यक्तिले आफ्नो नाम मतदाता नामावलीमा छ छैन थाहा पाउन सक्छन् । थाहा पाउनका लागि आयोगको वेबसाइट www.election.gov.np/election/np/bbvrs मा जान सकिन्छ । नामावलीमा नाम छ / छैन यहाँबाट थाहा पाउन सकिन्छ । वेवसाइट क्लिक गरिसकेपछि त्यहाँ यस्तो एउटा फम खुल्ने छ ।
सबैभन्दा पहिला मतदाता नामावलीमा क्लिक गर्नुहोस् । त्यसपछि आफ्नो जिल्ला छानिसकेपछि गाविस अथाव नगरपालिकाको नाम छान्नुहोस् । अन्त्यमा आफ्नो वडा नं. छानिसकेपछि सबमिटमा क्लिक गरेर आफ्नो नाम छ छैन हेर्न सकिन्छ । २०७४ वैशाख ३१ गते सरकारले स्थानीय तहको निर्वाचनको मिति तोकको छ । उक्त दिन कुनै पनि नेपाली नागरिकले आफ्नो क्षेत्रको योग्य उम्मेदवारलाई मतदान गरी जिताउन सक्छन् । मतदान प्रक्रियामा १८ वर्ष पूरा भएका नेपाली नागरिक सहभागि हुन सक्छन् । मतदान प्रकियामा भाग लिनकाे लागि मतदाताको नाम आयोगले सञ्चालन गरेको फोटोसहितको नामावलीमा दर्ता भएको हुनु पर्दछ ।

nirbachan aayog

विशेष