विदेश

आत्मघाती हमलामा ४२ जनाको मृत्यु

आत्मघाती हमलामा ४२ जनाको मृत्यु
फागुन - १४ । सिरियाका प्रमुख दुई ओटा सुरक्षा मुख्यालय नजिकै भएका आत्मघाती हमलामा परी शनिबार ४२ जनाको मृत्यु भएको छ । जेनेभामा भइरहेको शान्ति बार्तालाई समेत असर पार्नेगरी सिरियाको होम्समा हमला भएको सरकारी टेलिभिजन र अनुगमनकर्ताले जनाएका छन् । “सुरक्षा निकायका दुई ओटा मुख्यालयको वरीपरि छ ओटा विस्फोटन भएका छन्,” सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका निर्देशक रमी अब्देल रहमानले एएफपीसँग जानकारी दिए। घटना भएको ठाउँ होम्स सन् २०१४ को मेदेखि पूर्णरुपमा सरकारको नियन्त्रणमा रहेको छ । तर पनि बम आक्रमण हुने क्रम भने दोहोरिइरहेको छ । गत वर्षको सुरुमा भएको आक्रमणमा ६४ जनाको मृत्यु भएको थियो । पछिल्लो विस्फोटनमा मृत्यु भएकालाई “सहिद” भन्दै सरकारी टेलिभिजनले समवेदना प्रसारण गरिरहेको छ । घटनाको अहिलेसम्म कुनैपनि समुहले जिम्मेबारी लिएको छैन । एएफपी

Syria bomb blast

विशेष