विदेश

जहाँ बोलिन्छ आठसय भाषा

जहाँ बोलिन्छ आठसय भाषा
फागुन १५ । अमेरिकाको न्यूयोर्क त्यस्तो शहर हो, जहाँ ८ सय भन्दा बढी भाषा बोलिन्छन् । अझ भन्नुहुन्छ भने त्यहाँकै क्विन्स भनिने क्षेत्रमा जति भाषा बोलिन्छ त्यति त एकै ठाँउमा संसारमा कहिँ पनि बोलिदैन । इन्डेन्जड ल्याङग्वेजको सहयोगमा ती भाषाका नक्सा बनाइएको छ । जो पुस्तक ननस्टप मेट्रोपोलिसः अ न्यूयोर्क सीटी एटलसमार्फत हालै सार्वजनिक गरिको छ । क्विन्स मानव जातिकै लागि भाषिक विविधताको राजधानीका रुपमा रहेको एटलसका लेखकहरु बताउँछन् । नक्सामा देखाइए अनुसार त्यही सानो क्विन्सभित्र पनि आफ्ना भेग र क्षेत्रका अनुसारमा ठाँउका मानिसहरु जुटेर बसेका पाइन्छन् । अर्थात कुन कुन भाषाभाषीबीच सामिप्य छ भन्ने पनि यसबाट थाहा हुन्छ । बिजनेस इन्साइडर पत्रिकामा प्रकाशित नक्सामा देखाइए अनुसार क्विन्सको पूर्वी भेग र ज्याक्सन हाइटबीचमा नेपाली, थकाली, मुस्ताङ शेर्पा, तमु क्वी भाषीको बाक्लो उपस्थिती छ ।

Eight Hundred Language Many Languagae speak in New york

विशेष