News

सेनाको छाउनी अस्पतालमा अब सर्वसाधारणले पनि उपचार गर्न पाउने

सेनाको छाउनी अस्पतालमा अब सर्वसाधारणले पनि उपचार गर्न पाउने
फागुन–१५ । छाउनीस्थित नेपाली सेनाको वीरेन्द्र अस्पतालमा गैर सैनिक व्यक्तिहरुलाई ओ.पि.डि सेवा सञ्चालन गर्न मिलाईएको छ । ‘महाशिवरात्री तथा सेना दिवस २०७३’ र ‘स्वास्थ्य सेवा दिवस २०७३’ को पावन अवसरमा नेपाल सरकार, श्री स्वास्थ्य मन्त्रालय तथा नेपाली सेना मेडिकल कोरको आवश्यक समन्वयमा आईतबार मिति २०७३ फागुन १५ गतेबाट सार्वजनिक विदाको दिन बाहेक दैनिक रुपमा ३ः३० बजेदेखि ५ः०० वजेसम्म सेवा उपलब्ध हुनेछ । साथै नेपाल सरकारले स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी निकट भविष्यमा रौतहट जिल्लाको गौरमा नेपाली सेनाको मोवाईल अस्पताल प्रयोग गरी स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना समेत बनाएको छ । यस प्रकारको कार्यबाट गैर सैनिक व्यक्तिहरुलाई स्वास्थ्य सेवामा थप मद्दत पुग्न जानुको साथै स्वास्थ्य क्षेत्रमा नयाँ आयाम खडा हुन गई नागरीक सैनिक सम्बन्ध थप सुदृढ हुने विश्वास नेपाली सेनाले लिएको छ । गैर सैनिक व्यक्तिहरुलाई यस प्रकारको सेवा प्रदान गर्न पाएकोमा नेपाली सेनाले गौरव महसुस गरेको बताइएको छ ।

उपचार नेपाली सेनाको वीरेन्द्र अस्पताल सर्वसाधारण

विशेष