रामेछाप केन्द्रविन्दु भएर एक घण्टामा दुई भूकम्प, काठमाडौं पनि हल्लियो
फागुन १६ । सोमबार बिहान ९ बजेर २२ मिनेट र विहान १० बजेर ८ मिनेटको आसपासमा दुई भूकम्प गएका छन् ।
भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार दुवै भूकम्पको केन्द्रविन्दु रामेछाप रहेको छ । बिहान ९ बजेर २२ मिनेटको भूकम्प ४ दशमलव ६ रेक्टर स्केलको थियो भने १० बजेर ८ मिनेटको भूकम्प ४ दशमलव ७ रेक्टर स्केलको थियो । गोर्खा भूकम्प प्रभावित क्षेत्रमा नै गएकोले यो परकम्पन भएको बताइएको छ । एक घण्टामा लगातार दुई भूकम्प गएपछि मानिसहरु त्रसित भएका छन् ।