कभर स्टोरी राजनीति

सिके राउत विदेशी एजेन्ट हो, दण्ड दिनु पर्छ, अरु कुरा थाहा छैन–लालबाबु पण्डित (भिडियो अन्तर्वार्ता)

सिके राउत विदेशी एजेन्ट हो, दण्ड दिनु पर्छ, अरु कुरा थाहा छैन–लालबाबु पण्डित (भिडियो अन्तर्वार्ता)

फागुन १६ । नेकपा एमालेका नेता लालबाबु पण्डितले मधेसी मोर्चाले राखेको माग मधेसी जनताको माग नभएको बताएका छन् । मोर्चाले आफ्नो माग पूरा नभएसम्म निर्वाचन हुन दिँदैनौं भन्ने अडानले मुलुकलाई पछाडि पार्ने नेता पण्डितको दाबी छ ।

जनताले निर्वाचन व्यग्रताका साथ पर्खिरहेको उल्लेख गर्दै पण्डितले निर्वाचनको विरोध गर्नुको अर्थ नरहेको उनले बताए । मधेसका जनताको माग भनेर मोर्चाले आफ्नो दलको माग अगाडि तेस्र्याएको पण्डितको बताएका छन् ।

तराईमा सिके राउतप्रवृत्तिलाई कारबाही गरेर तह लगाउनु पर्ने धारणा राखेका छन् । उनले भने, ‘देशको अहितमा, मधेसको अहितमा र सबैको अहितमा भएको विषय कसैले उठाउँछ भने त्यसलाई एक पटक सम्झाई बुझाइ गर्नुपर्छ । मानेन भने कारबाही गरेर तह लगाउनु पर्छ ।’

राष्ट्रघाती विचारको पक्षमा बोक्नेहरु विदेशी भरियामात्रै भएकोले उनीहरुलाई दण्डीत गर्नुपर्ने नेता पण्डितले उल्लेख गरे ।

election Lalbabu Pandit

विशेष