श्रीलंकामा कैदी चढेको बसमा गोली प्रहार, सात जनाको मृत्यु

फागुन १७ । श्रीलंकामा कैदी बन्दी चढेको बसमा अज्ञात ब्यक्तिले गोली प्रहार गरी सात जनाको हत्या गरेको छ ।
मारिनेमा पाँच जना कैदी बन्दी र दुई जना सुरक्षाकर्मी छन् । श्रीलंकाको राजधानी कोलम्बोभन्दा केही टाढा रहेको बन्दीगृहका कैदीलाई अदालत लैजाने क्रममा गोली हानिएको हो ।
गोली हान्ने ब्यक्ति भने फरार छन् । अन्डरवल्ड आरोपी चढेको बसलाई लक्षित गरी गराइएको बसमा मारिनेमा अन्डरवल्डका दुईजना आरोपित छन् । घटना कसले गराएको हो भन्ने खुलेको छैन भने अनुसन्धान भइरहेको छ ।
srilanka
