सिरियामा आतंकारीलाई अर्को झट्का, मारिए दोस्रो नम्बरका नेता

फागुन १७ र सिरियामा अमेरिकी सेनाको मिसाइल आक्रमणमा आतंकवादी संगठन अलकायदाका दोस्रो नम्बरका नेता अबु अल खायर अल मार्सी मारिएका छन् ।
अमेरिकी अधिकारीले अमेरिकी गुप्तचर विभागले सञ्चालन गरेको आक्रमणमा उनको मृत्यु भएको पुष्टि गरेका छन् । अल मार्सी अलकायदाका नेता आयमन अल जवारीपछिका वरिष्ठ नेता हुन् । वेलायतमा रहेको अधिकारीवादी संस्था सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले अल मार्सीको आइतबार मृत्यु भएको सिएनएनसँग बताएका छन् । सिरियाली शहर अल मास्तोमेमा उनी चढेको गाडीलाई लक्षित गरी भएको आक्रमणमा उनको मृत्यु भएको हो ।
सिरयाली अधिकारकर्मीहरुले पनि मिसाइल आक्रमणमा अल मार्सीको मृत्यु भएको पुष्टि गरेका छन् । अलकायदासंग आवद्ध सिरियन संगठन जवात फताह अल सामका नेता अब्दुल्लाह मुहासिनीले आफ्नो आधिकारिक टेलिग्राम च्यानलमार्फत नेता अल मार्सीको मृत्युको पुष्टि गरेका छन् ।
Siriya
