News

प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने
फागुन – १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीले आज (मंगलबार) साँझ ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । उनको सम्बोधनमा स्थानीय निर्वाचन मिति घोषणा, संविधान संसोधन विद्येयक लगायतका विकसित राजनीतिक घटनाक्रममाथि प्रधानमन्त्रीको सम्बोधन रहने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । सरकारले फागुन ९ गते निर्वाचनको मिति घोषणा गरेपनि संविधान संसोधन लगायतका विषयमा मधेशी मोर्चा लगायतका केही शक्तिले चुनावमा सहभागीता नजनाउने बताएका छन् । सरकारले बैशाख ३१ गतेका दिन स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेकोे हो । यीनै विषयमा रहेर प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।

puspakamal dahal prachanda

विशेष