News

को-को छन् रवीन्द्र मिश्रको पार्टीमा ? अाज ४ बजे अाैपचारिक घोषणा

को-को छन् रवीन्द्र मिश्रको पार्टीमा ? अाज ४ बजे अाैपचारिक घोषणा
फागुन - १७ । बीबीसी नेपालीका प्रमुख रवीन्द्र मिश्रले नयाँ पार्टी खोलेर राजनीतिमा सक्रिय हुनबा लागि बीबीसी नेपाली सेवाबाट राजीनामा दिएका छन् । मंगलबार एक प्रेसविज्ञप्ति जारी गर्दै उनले आफू राजनीतिमा सक्रिय हुनका लागि २२ वर्षीय लामो बीबीसी सेवाको यात्रालाई बिट मार्न लागेका हुन् । उनले नेपालमा संवैधानिक र समावेशी लोकतन्त्रभित्र पद्धति, पारदर्शिता, ईमान्दारी र उत्कृष्टताका चार खम्बामा सुसंस्कृत राजनीति गर्ने उद्देश्यले राजनीतिमा प्रवेश गर्न लागेको विज्ञप्तिमा उल्लेख गरेका छन् । देशलाई आमूल परिवर्तनकारी दिशामा डोर्याउन नेतृत्व निमार्ण गर्ने अठोटका साथ राजनीतिमा होमिएको उनले बताए । उनले जारी गरेको विज्ञप्तिमा पार्टीको नाम, कस्तो पार्टी गठन हुन लागेको र पार्टीमा को को हुन भन्ने प्रष्ट खुलाएका छैनन् । उनले खोल्न लागेको पार्टीमा पूर्व सरकारी कर्मचारी, राजनीतिक विश्लेषक, चिकित्सक, पत्रकारलगायत आवद्ध रहने बताइएको छ । स्रोतका अनुसार पूर्वसचिव सूर्यराज आर्चाय र किशोर थापा, राजनीतिक विश्लेषक मुमाराम खनाल, चिकित्सक डा. सरोज धिताल, पत्रकार अजयभद्र खनाललगायत आवद्ध हुने पक्का भइसकेको छ । त्यसैगरी, क्रिकेट एशोसियसन अफ नेपाल (क्यान)की पूर्वसिईओ भावना घिमिरे सहमति जनाएकी छिन् भने लोेकमानसिंह कार्की प्रकरणमा चर्चामा आएका अधिवक्ता ओम प्रकाश अर्याल पनि आवद्ध हुन बताइन्छ । त्यस्तै, नायक राजेश हमाललगायत कलाकारलाई पनि आफ्नो पार्टीमा आवद्ध गर्ने प्रयासमा मिश्र लागेका छन् । उनको पार्टीमा अन्य प्रतिष्ठित व्यक्तिहरु पनि रहने बताइएको छ । मिश्रले आज (मंगलबार) बेलुका ४ बजे बीबीसीको अनुभव र भावी योजनका बारेमा औपचारिक घोषणा गर्ने बताएका छन् । उनले आफ्नो फेसबूकमा स्टेट्स लेख्दै आफूले गर्न लागेको घोषणा बीबीसी नेपाली सेवाको फेसबुक पेजमा लाइभ हेर्न सकिने बताए ।  

Rabindra Misra

विशेष