News

'निष्पक्ष, भयरहित तथा शान्तिपूर्ण निर्वाचन प्राथमिकतामा'

'निष्पक्ष, भयरहित तथा शान्तिपूर्ण निर्वाचन प्राथमिकतामा'
फागुन - १६ । क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरीनायब महानिरीक्षक मधुप्रसाद पुडासैनीले सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन निष्पक्ष, भयरहित तथा शान्तिपूर्ण गराउने विषय आफ्नो प्राथमिकतामा रहेको बताएका छन्। क्षेत्रीय प्रहरी कार्यालय, पोखराद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले बढ्दो सुरक्षा चुनौतीको सामना गर्दै यस क्षेत्रमा सङ्गठित अपराध, गुण्डागर्दी, बढ्दो नयाँ आपराधिक प्रवृत्ति आदिको अन्त्यका लागि नागरिकसँग सहकार्य गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे। उनले कार्यालयले प्रहरी सेवाको प्रवाह, अपराध–अनुसन्धान र नियन्त्रण, सुशासन कायम गर्न प्रशासनिक सुधार, प्रविधिको अधिकतम उपयोग, वैज्ञानिक रुपमा जनशक्ति परिचालन, जनताको अपेक्षाको पहिचान र सम्बोधनका साथै ट्राफिक व्यवस्थापनलाई प्रभावकारी रुपमा अघि बढाउने बताए।

nepali police मधुप्रसाद पुडासैनी

विशेष