News

जोगीको भेषमा शव भेटियो

जोगीको भेषमा शव भेटियो
फागुन १७ । लमजुङ सदरमुकाम बेसीसहर–४ पैरेमा मंगलबार एउटा शव फेलापरेको छ । अन्दाजी ४५ वर्षीय मधेसीमूलका जोगीको भेषमा ती व्यक्तिको शव फेलापरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बुद्धिसागर पुरीले बताए । शवलाई लमजुङ जिल्ला सामुदायिक अस्पतालमा राखिएको र पहिचान खुल्न नसके शव बेसीसहर नगरपालिकाको जिम्मा लगाइने उनले बताए ।

विशेष