लोकमानले भनेछन् — मलाई त्यो डाक्टरको अनुहार हेर्न मन छैन, म आउँदा कम्पाउन्डबाट बाहिर निकालीराख्नू
फागुन १८ । अयोग्य ठहरिएर अदालती आदेशबाट पदच्युत तत्कालीन प्रमुख आयुक्त लोकमान सिंह कार्कीका हठ र ज्यादतीको एउता अर्को प्रशंग आएको छ । पोहोर पत्नीको स्वास्थ्य परीक्षण गर्नुपर्ने, वीरेन्द्र प्रहरी अस्पतालमा । बेलुकी आइजिपी उपेन्द्रकान्त अर्याललाई फोन गरेर भने भोलि बिहान ११ बजे एमआरआई गर्न आइन्छ , तर मलाई त्यो हस्पिटलको इन्चार्ज डाक्टरको अनुहार हेर्न मन छैन । त्यस्लाई कम्पाउन्डबाट निकालिराख्नू । यसरी लोकमानले प्रहरी अस्पताल छिरेको बेला त्यहाँबाट धपाइएका डाक्टर अहिले नेपाल प्रहरीका निमित्त प्रमुख छन् दिनेशचन्द्र पोख्रेल । कारण हो, कााठमाडौं मेडिकल कलेजमा जागिर थालेकी लाकेमानपुत्री आध्याका लागि बिरामी रिफर गर्न उनले हाँकेको उर्दीप्रति बेवास्ता । प्रहरी अस्पतालले आफ्ना कर्मचारी आफूसँग भएको स्रोत र साधनले पुगेसम्म अन्यत्र उपचारका लागि पठाउँदैन । यसैकारण होला, डा पोख्रेलले त्यो कुरा मान्न सकेनन । तर लोकमान यही कारण रिसाए । जनआस्था साप्ताहिकबाट