News

काठमाडौं महानगरपालिकामा पौडेल

काठमाडौं महानगरपालिकामा पौडेल
फागुन–१८ । काठमाडौँ महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङको सरुवा भएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको निर्णयानुसार तामाङलाई मन्त्रालयकै नगरपालिका तथा वातावरण महाशाखामा सरुवा गरिएको हो । सरुवा भएका तामाङले १८ महिना कामपाको कार्यकारी प्रमुखका रुपमा काम गरेका थिए । तामाङ्को सरुवा भएसँगै मन्त्रालयले कामपाका कार्यकारी अधिकृतमा ईश्वर पौडेललाई नियुक्त गरेको छ । पौडेल यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए । रासस  

ईश्वर पौडेल काठमाडौँ महानगरपालिका कार्यकारी अधिकृत

विशेष