News

पत्रकार महासङ्घ धनुषा अध्यक्षमा मिश्र पुनः विजयी

पत्रकार महासङ्घ धनुषा अध्यक्षमा मिश्र पुनः विजयी
  फागुन–१८ । नेपाल पत्रकार महासङ्घ धनुषाको अध्यक्ष पदमा अनिल मिश्र पुनःदोस्रो पटक निर्वाचित भएका छन् । मिश्रले ७० मत ल्याई विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्दी नवलकिशोर यादवले ५६ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा धर्वेन्द्र झाले ५४ मत प्राप्त गरी विजयी भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी वीरेन्द्र रमणले ५३ मत प्राप्त गरेका थिए भने उपाध्यक्षका अर्का उम्मेदवार घनश्याम मिश्रले ३५ र दीपेन्द्र सिंहले २६ मत प्राप्त गरेका थिए । त्यसैगरी महिला उपाध्यक्षमा मनिका झा, सचिवमा पुरण साह रौनियार, सहसचिवमा नवीन सिंह, समावेशी सचिवमा अकुल साह र कोषाध्यक्षमा अवधेश कामत निर्वाचित भएका छन् भने महिला कोटाको सदस्यमा प्रतिभा झा मधेसी सदस्यमा फुलगेन मुखिया , जनजाति सदस्यमा अर्जुन मण्डल तथा खुल्ला सदस्यहरुमा नेहा झा, जयंत ठाकुर, नीरन्जन साह, बबलु चौधरी, दीपेश मल्लिक, गोविन्द महतो, चयन हुनु भएको छ। रासस

अनिल मिश्र धनुषा निर्वाचित नेपाल पत्रकार महासङ्घ

विशेष