News

नेपाल पत्रकार महासङ्घ रसुवामा खतिवडा र धादिङमा छत्कुली विजयी

नेपाल पत्रकार महासङ्घ रसुवामा खतिवडा र धादिङमा छत्कुली विजयी
फागुन–१८ । नेपाल पत्रकार महासङ्घ रसुवाको तेस्रो जिल्ला अधिवेशनले हेमनाथ खतिवडाको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । निर्वाचन अधिकृत ऋषि अधिकारीका अनुसार उपाध्यक्षमा प्रेमप्रसाद पौडेल र महिला उपाध्यक्षमा अनु शर्मा, सचिवमा सीमा तामाङ, कोषाध्यक्षमा सूर्यबहादुर थोक्रा, सहसचिवद्वयमा प्रभाकर अधिकारी (खुला) र कमल तामाङ (समावेशी) रहेका छन् । त्यस्तै खुला सदस्यमा सरस्वती न्यौपाने, पूर्णिमा स्याङ्वा, विश्वास नेपाली, महिलातर्फ लक्ष्मी थापा मगर, दलिततर्फ झरना नेपाली र जनजातितर्फ कविता स्याङ्वा रहेका छन् । अधिवेशनले केन्द्रीय सभासद्‍मा बलराम घिमिरे, निराजन पौडेल, हरिप्रसाद गजुरेल, विजया तिवारी र दीपक लामा तथा प्रदेश सभासद्‍मा राकेश लामा, ठाकुरप्रसाद अधिकारी, हिमनाथ देवकोटा, पविना स्याङ्वा, सरिता लामिछाने र कमला तामाङलाई चयन गरेको छ । त्यसैगरी, महासङ्घ धादिङको मङ्गलबार सम्पन्न आठौँ महाधिवेशनबाट बहुमतले नवराज छत्कुली ९६ मत प्राप्त गरी पुनःअध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी पोषनाथ अधिकारीले ८९ मत प्राप्त गरेका थिए। कुल मतदाता एक सय ९४ रहेकामा एक सय ८७ जनाले मतदान गरेका थिए । नेपाल प्रेस युनियन र प्रेस सेन्टरबीच तथा प्रेस चौतारी नेपाल तथा प्रेस सोसाइटीबीच गठबन्धन भई चुनावी प्रतिस्पर्धा गरेका थिए ।

धादिङ नेपाल पत्रकार महासङ्घ रसुवा

विशेष