News

चेम्बर पदाधिकारी र दक्षिण अफ्रिकाका राजदूतबीच छलफल

चेम्बर पदाधिकारी र दक्षिण अफ्रिकाका राजदूतबीच छलफल
फागुन - १८ । नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसँग नेपालका लागि दक्षिण अफ्रिकाका राजदूत रबिना पि मार्कसले आज छलफल गरेका छन्। सो अवसरमा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल र दक्षिण अफ्रिकाको द्विपक्षीय सम्बन्ध आर्थिक बारे प्रकाश पार्दै पर्यटन,जलविद्युत तथा खनिज क्षेत्रमा लगानी गरी दक्षिण अफ्रिकाले लाभ लिनसक्ने बताए। छलफलमा राजदूत मार्कसले नेपाल र दक्षिण अफ्रिकाबीचको सम्बन्ध अझ निकट बनाउन पर्यटन, कृषि, जलविद्युत, खनिज क्षेत्रहरुमा प्रविधि तथा लगानी वृद्धि गर्न दुवै देशका व्यवसायीहरु आपसी हितमा मिलेर कार्य गर्नुपर्ने बताए। छलफलमा नेपालका लागि दक्षिण अफ्रिकाका अवैतानिक महावाणिज्यदूत प्रदीपकुमार श्रेष्ठ, चेम्बरका उपाध्यक्ष ज्ञानेन्द्ररत्न तुलाधर र राजेन्द्र मल्ल तथा महासचिव कमलेशकुमार अग्रवाल सहभागी थिए।

Chamber

विशेष