विदेश

साउदी नरेशको शोख, सुन जडित विमान लिएर पुगे इन्डोनेसिया

साउदी नरेशको शोख, सुन जडित विमान लिएर पुगे इन्डोनेसिया

फागुन १९ । साउदी अरबका नरेश सलमान बिन अब्दुल्लाजिज बुधबार इन्डोनेसिया पुग्दा अन्तर्राष्ट्रिय संचारमाध्यमको आकर्षण बनेका छन् ।

५०० टनभन्दा बढी सामान, करिब एक हजार सदस्य रहेको भ्रमण टोलीका साथ उनी इन्डोनेसिया पुगेका हुन् । यतिमात्र होइन, उनी विशेष विमानबाट इन्डोनेसिया पुगे, जुन विमानको र्भयाङमा सुन जडित छ ।

सुनको र्भयाङ ओर्लिदैं गरेका साउदी नरेशको तस्वीर अन्तर्राष्ट्रिय संचारमाध्यममा छाएको छ । उनको भ्रमणमा १० मन्त्री, २५ राजकुमार सामेल छन् ।

विगत ५० वर्षमा पहिलोपटक साउदी नरेशको इन्डोनेसिया भ्रमण भएको हो । त्यसैले पनि यो भ्रमणलाई इन्डोनेसियाले खास महत्व दिएको छ ।

एक महिना लामो एसिया भ्रमणका क्रममा इन्डोनेसियामा साउदी नरेशले ९ दिन बिताउने बताइएको छ । राजधानी जकार्तामा उनका लागि खास व्यवस्था गरिएको छ । उनी जकार्ताको एक मस्जिदमा उनका लागि खास कोठाको व्यवस्था गरिएको छ । मस्जिदभित्र उनका लागि भीआइपी शौचालयको व्यवस्थासमेत गरिएको अधिकारीहरुले जनाएका छन् ।

८१ वर्षीय नरेशको विदेश भ्रमण प्रायः अन्तर्राष्ट्रिय संचारमाध्यमका लागि खुराक बन्ने गरेको छ । उनी सन् २०१५ मा वासिंटन पुग्दा पनि अन्तर्राष्ट्रिय संचारमाध्यमले उनको भ्रमणलाई खास महत्व दिएका थिए । भ्रमणमा उनले जर्जटाउनको फोर सीजन्स होटलका सबै कोठा बुक गराएका थिए ।

सन् २०१५ मै उनी फ्रान्स भ्रमणमा जाँदा उनीसँग एक हजार सदस्यीय भ्रमण टोली थियो । उनी बसेको होटल सामुन्ने रहेको समुद्री तटलाई सर्वसाधारणका लागि बन्द गरिएको थियो ।

saudi arab Saudi Naresh

विशेष