News

पशुपति पेन्ट्सद्वारा महापर्वको रङ्गोत्सव योजनाको विजेता घोषणा

पशुपति पेन्ट्सद्वारा महापर्वको रङ्गोत्सव योजनाको विजेता घोषणा

फागुन १९ । पशुपति पेन्ट्सले दशैँ तिहारको अवसरमा आयोजना गरेको पशुपति पेन्ट्स महापर्वको रङ्गोत्सव योजनाको विजेताको घोषणा गरेको छ । कम्पनीको बबरमहल स्थित आफ्नै प्राङ्गनमा एक कार्यक्रमको आयोजना गरी विजेताको छनोट गरिएको हो ।

कार्यक्रम पत्रकार, डिलर लगायत उपस्थितीमा आयोजना गरिएको थियो । विजेता छनोटका लागि आयोजित कार्यक्रममा बोल्दै कम्पनीका प्रबन्ध निर्देशक महेश कुमार मुरारकाद्वारा योजनाका सम्पूर्ण विजेतालाई सहभागिताका लागि धन्यवाद ज्ञापन गर्दै बधाई दिनुभएको थियो ।

भाद्र १५ देखि मङिशरको अन्तिम सम्म आयोजित उक्त योजनामा सान्त्वना पुरस्कारका रुपमा १६ जनालाई १० तोला चाँदी । छैठांँ पुरस्कारका रुपमा ८ जनालाई ५ ग्राम सुन, पाँचौ पुरस्कारमा ८ जनालाई स्मार्टफोन, चौथौँ पुरस्कारमा चार जनालाई २ सय २० लिटरको फ्रिज र तेस्रो पुरस्कारमा चार जनालाई वासिङ मेसिनको ब्यवस्था गरिएको थियो ।

त्यसैगरी दोस्रो पुरस्कार विजेताले ४२ ईञ्चको स्मार्ट टेलिभिजन हातपार्ने जानकारी कार्यक्रम मार्फत दिइयो । उपहार योजनाको बम्पर उपहारका रुपमा ३ सय ५० सीसीको रोयल एन्फिल्ड मोटरसाइकल १ जनालाई प्रदान गरिने बताइएको छ ।

Pashupati Paints

विशेष