News
भारतका वित्त मन्त्री जेट्ली राजधानीमा
बिहिबार, १९ फागुन २०७३ गते प्रकाशित

फागुन–१९ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराको मैत्रीपूर्ण निमन्त्रणामा भारतका वित्तमन्त्री अरुणकुमार जेट्ली नेपालको दुईदिने औपचारिक भ्रमणमा आएका छन् ।
राजधानीमा जारी ‘नेपाल लगानी सम्मेलन’मा प्रमुख वक्ताका रुपमा भाग लिन नेपाल भ्रमणमा आएका मन्त्री जेट्लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिहीबार साँझ शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल र आफ्ना नेपाली समकक्षी महरासँग मन्त्री जेट्लीले बेग्लाबेग्लै भेट गर्ने छन् ।
अरुणकुमार जेट्ली
भारत
भ्रमण