News

सरकारी वकिलको क्षमता वृद्धि गर्नु आवश्यक - राष्ट्रपति

सरकारी वकिलको क्षमता वृद्धि गर्नु आवश्यक - राष्ट्रपति
फागुन - १९ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी वकिलको दक्षता र क्षमता अभिवृद्धि गरी तिनलाई प्रभावकारी बनाउनुपर्ने बताएकी छिन। शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा महान्यायाधिवक्ता कार्यालयको आज २०७२/०७३ को वार्षिक प्रतिवेदन बुझेपछि उनीले सरकारी वकिलले नै सरकारको प्रतिरक्षा गर्ने भएकाले तिनलाई सक्षम बनाउनुपर्नेमा जोड दिइन् । महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले सरकारी वकिलले प्रभावकारी तरिकाले काम गरिरहेको र सो आवमा ७० प्रतिशत मुद्दामा सफलता हासिल भएको जानकारी दिए । उनले सरकारी वकिलको कार्यक्षमता अभिवृद्धि गर्नका लागि कार्यालयले निरन्तर प्रयास र योजना बनाइरहेको बताए । महान्यायाधिवक्ता कार्यालयले नेपालको संविधानअनुसार प्रत्येक वर्ष वार्षिक प्रतिवेदन बुझाउनुपर्ने प्रावधान छ ।

Biddhya Devi Bhandari

विशेष