चीनमा शक्तिशाली आँधी ६ जनाको मृत्यु

फागुन २० । चीनको जिआङ्सु प्रान्तमा आएको शक्तिशाली आँधीमा परी ६ जनाको मृत्यु भएको छ ।
आँधीबाट २० जना घाइते भएको स्थानीय अधिकारीहरुले जनाएका छन् । जिआङ्सु प्रान्तको विसी र यान्चेङ सहरमा प्रतिघन्टा ११० किलोमिटरको गतिले आँधी आएको बताइएको छ ।
आँधीका कारण घाइते भएकाहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्राकृतिक प्रकोपपछि सरकारले संकटकालीन उद्धारको व्यवस्था मिलाएको बताइएको छ
China
